Posts

सरकार फेरिन्छ (गजल)

  जब खिया लागेका तार फेरिन्छ, अँध्यारो गाउँको मुहार फेरिन्छ । आधुनिकता त्यती नै ओतप्रोत भएको हाे र?? Goodmorning काे लागि नमस्कार फेरिन्छ। तिमी कत्तिको स्थिर छौ भन्ने त्यहीं बाट प्रष्ट भएँ  जहाँ फेसबुकको Bio लगातार फेरिन्छ । जब भ्रष्ट हरूलाई खतरा हुन्छ, तब  रातारात सत्तामा अनुहार फेरिन्छ । मैले राहतमा पाएको त्रिपाल फेर्न अझै सकेको छैन , उता राजधानीमा सरकार फेरिन्छ ।