सरकार फेरिन्छ (गजल)
जब खिया लागेका तार फेरिन्छ,
अँध्यारो गाउँको मुहार फेरिन्छ ।
आधुनिकता त्यती नै ओतप्रोत भएको हाे र??
Goodmorning काे लागि नमस्कार फेरिन्छ।
तिमी कत्तिको स्थिर छौ भन्ने त्यहीं बाट प्रष्ट भएँ
जहाँ फेसबुकको Bio लगातार फेरिन्छ ।
जब भ्रष्ट हरूलाई खतरा हुन्छ, तब
रातारात सत्तामा अनुहार फेरिन्छ ।
मैले राहतमा पाएको त्रिपाल फेर्न अझै सकेको छैन ,
उता राजधानीमा सरकार फेरिन्छ ।
Comments
Post a Comment